उपनिर्वाचनको परिणाम सन्तोषजनक र उत्साहवर्धक : कांग्रेस

दर्पण दैनिक १८ मंसिर २०८१,१२:१५
post

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरेर परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएका हुन् ।


उनले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्न बाँकी रहे पनि प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले उपनिर्वाचनबाट पहिलो दलको हैसियत पाएको भन्दै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

स्थानीय तहमा रिक्त ४४ मध्ये १९ स्थानमा मात्रै उम्मेदवार विजयी भए पनि ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम भए पनि राजनीतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको कांग्रेसको ठहर छ ।


‘०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौँ भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौँ । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जीत र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौँ,’ महामन्त्री शर्माले भनेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: