
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष
र पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय निर्धारण गरिएको छ । गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले आज सजाय निर्धारण गरेको हो । खाणलाई कैदसँगै २० हजार जरिवाना र रायमाझीलाई ४० हजार जरिवाना तोक्ने अन्तिम फैसला सुनाइएको छ । अदालतले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
यसअघि २०८० मंसिर २८ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता खाण उच्च अदालतको आदेशमा रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका थिए । त्यसयता उनी थुनामुक्त भएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
तर गत २३ असारमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाण यस प्रकरणमा दोषी ठहर भएका थिए । उनीहरूले राज्यविरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको थियो । तर सजाय निर्धारण बाँकी थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)









































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google