सरुवा, बढुवाको सिफारिस गर्नेलाई साधारण सदस्यबाटै हटाउने रास्वपाको निर्णय

दर्पण दैनिक ४ चैत्र २०८०,१३:०९
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरुवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको छ ।
आइतबार रास्वापाका चार मन्त्री र उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ। आज बिहान बसेको यही बैठकले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।


त्यस्तै मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभवीहरूको सघाउ समूह बनाउने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी दिए । राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको उनले बताए ।

‘यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणाअनुसार समावेशीतालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइने निर्णय गरिएको छ,’ उनले भने । आज बसेको दोस्रो बैठकले मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीलाई पनि समीक्षा गरिएको उनले बताए ।

मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्यूनतम कार्यक्रमका बारेमा छलफल गरिएको पनि उनले बताए।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: