काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको सचिवालय वैठक सम्पन्न भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न वैठकले संगठन तथा सदस्यता विस्तार अभियान २०८० को कार्ययोजना तय गरेको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन् ।
भुसालकाअनुसार संगठन तथा सदस्यता विस्तार अभियान २०८० लाई कार्यान्वयन गर्न र संगठन तथा सदस्यता विस्तार अभियान २०८० का लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको छ ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे (धादिङ), प्रमेश हमाल (ललितपुर), सचिव जीवनराम श्रेष्ठ (काठमाडौँ), ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशंकर पौडेल (रामेछाप), गंगा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामा (रसुवा) लाई जिम्मेवारी तोकिएको छ ।
साथै वैठकले मोर्चा संगठनको बैठक गर्ने, प्रशिक्षण गर्न बाँकी (काठमाडौँ, सिन्धुलाल्चोक, नुवाकोट, रसुवा, रामेछाप, ललितपुर, चितवन र मकवानपुर) जिल्ला कमिटीहरूले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, नयाँ संगठित सदस्य अभिमुखिकरण कार्यक्रम १३ जिल्लामा गर्ने, गठन गर्न बाँकी पालिका कमिटीहरु गठन गर्ने, जनसंगठनका जिल्ला कमिटीहरु गठन गर्ने, संगठित सदस्यता नविकरण गर्ने र नयाँ संगठित सदस्यता प्रदान गर्ने, पार्टी निमार्ण र सुदृढिकरणका लागि रचनात्मक कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्ने, जनप्रतिनीधि भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, बागमती प्रदेश र जिल्लाका विभागहरूको बैठक गर्ने, गठन नभएका विभागहरु गठन गर्ने, गठन विभागहरुलाई पूर्णता दिनेलगायतका निर्णय गरेको छ ।
त्यस्तै जन जीविकाका सवालहरुलाई उठाएर संघर्ष गर्ने, विकास निर्माणका कार्यहरु गर्ने, विकास निर्माण भइरहेको स्थानमा गुणस्त कार्यमा गम्भितापूर्वक ध्यान दिने, महाधिवेशनको दस्तावेज मस्यौदा कमिटीले तयार गरी छलफलको लागि पठाएका दस्तावेमाथि छलफल गरी सुझाव पठाउनेसमेत निर्णय गरेको अध्यक्ष भुसालले जानकारी दिइन् ।
केन्द्रीय निकाय, वागमती प्रदेश कमिटी सदस्यहरू वागमती प्रदेशमा काय प्रदेशमा मतदाता नामावली भएका केन्द्रीय परिषद सदस्यहरू, कार्यक्षेत्र भएका वा वागमती, केन्द्रीय कमिटी, जनसंगठनका, आ-आफ्नो कार्यक्षेत्र वा केन्द्रीय सदस्यहरू, मतदाता नामावली भएको निर्वाचन क्षेत्रमा खट्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google