रवि बसेको भैरहवा कारागारकाे अवस्थाबारे मानव अधिकारकर्मीकाे टाेलीले दियाे यस्ताे प्रतिक्रिया

दर्पण दैनिक २७ श्रावण २०८२,१४:२६
post

काठमाडाैँ  । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको भैरहवा कारागारको निरीक्षण गरेको छ । आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोलीले जेलरसँगै कारागारको अनुगमन गरेको हो ।  

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अनुगमन टोलीले न्यूनतम् मानव अधिकारका विषयमा कारागार प्रशासन चुकेको बताए । सो क्रममा उनीहरुले बाहिर समाचारमा आएजस्तो लामिछानेलाई राखिएको कोठामा एसी नभएको पुष्टि गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले क्षमता भन्दा बढी कैदी राखिनुनै ठूलो मानव अधिकारको हनन् भएको बताइन् । 

‘रविजीसँग २ ओटा पंखा छ । एसी छैन । झ्याल राखेको कारण चाहीँ सुरक्षा कारणले भन्नुभयो । मेन भनेको उहाँले कोठाबाहिर हिड्न पाउनुभएको छैन ।’ 

त्यस्तै पत्रपत्रिका पढ्न नापएको विषयमा उनले भनिन्, ‘कसैले साथीभाइले ल्याएर दिएको चाहीँ पढ्न पाइदो रहेछ । पत्रपत्रिको नआएको भएर उहाँले पढ्न नपाएको भन्ने कुरा आयो ।  बेसिक ह्युमन राइट झ्याल खोल्न पनि हावा सम्म पनि नपाउने गरेर सुरक्षाको कारण देखाउनुभएको छ । त्यो हामीले मान्छौँ । धेरै कैदिबन्दीहरु हुनुहुन्छ, हामी बोर्डर एरियामा छौँ । उहाँको सुरक्षाको चिन्ता दिनु ठूलो कुरा हो । तर कुनैपनि कैदी बन्दीलाई ल्याएर राखेपछि सुरक्षाको जिममेवारी सरकारले लिनुपर्छ । सरकारले सुरक्षाको बन्दोबस्त गरेर कैदी राख्नुपर्ने हो तर त्यो नभएको हामीले पायौँ । रविजीसँगको कुरामा पनि उहाँले पनि त्यो नपाएको पायौँ ।’


उनले कारागारमा कैदीहरुलाई राखिसकेपछि उनीहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताइन् । त्यस्तै रवि लामिछानेले कारगार स्थानान्तरणको लागि निवेदन दिएर अदालतले समेत अनुमति दिइसकेको अवस्थामा यहीँ राखिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘अर्को ठूलो कुरा बन्दी ले नै स्थानान्तरण गर्न पाउँ भन्दा अदालतले अनुमति नै दिदा पनि अर्को ठाउँ स्थानान्तरण गर्न नसक्नुका पछाडी के छ भन्ने कुरामा आयोग गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको मोबिलिटीको जुन राइट छ । बाहिर आएर स्वच्छ हावा लिन पाउनुपर्ने, बाहिर हिडडुल गर्न पाउनुपर्ने, पत्रपत्रिका पढ्न पाउनुपर्ने र अदालतबाट स्थानन्तरणको लागि अनुमति पाइसकेपछि यहीँ राखिरहनुले चै के कारणले हो भन्नेमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: