
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपापाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न अब म्याद थप नगर्न परमादेश दिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारका नाममा परमादेश जारी गरेको हो ।
जिल्ला अदालत, काठमाडौंले तेस्रो पटक आइतबार ५ दिनको म्याद दिएको छ । शनिबारदेखि लागू हुने गरी थपिएको म्याद बुधबार सकिँदै छ । काठमाडौं जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिएलगत्तै उनीहरूलाई हिरासतमुक्त गर्न अदालतले भनेको छ ।
त्यसभित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र हुन नसकेमा त्यसपश्चात जे जो गर्नुपर्ने हो गराउनु भनि सरकारका नाममा सर्वोच्चले परमादेश जारी गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाबारे ज्यान मुद्दामा ओली र लेखक पक्राउ परेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google