रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले गरे विवाह, मानवसेवा आश्रममा गराए भोजन

दर्पण दैनिक ४ माघ २०८१,१६:३६
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य गणेश कार्की वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सबिना श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएर नयाँ जीवन सुरु गरेका हुन् । विवाहको दिनलाई विशेष बनाउँदै कार्की दम्पतीले भक्तपुरको मानवसेवा आश्रममा एक दिनको भोजन सेवा प्रदान गरेका छन् ।

सूर्यबिनायक नगरपालिका–२, कौशलटारस्थित मानवसेवा आश्रम भक्तपुर शाखामा उनीहरूले गरिमामय नारायण र बाल गोपालका लागि भोजन सेवा उपलब्ध गराउँदै आफ्नो विवाह समारोह सम्पन्न गरे । आश्रममा आयोजित यस सेवामूलक कार्यप्रति आश्रमले आभार व्यक्त गर्दै गणेश कार्की र सबिना श्रेष्ठको वैवाहिक जीवन सुखमय, स्वस्थ र सफल रहोस् भनी शुभकामना दिएको छ ।

कार्की परिवारको यो परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै सराहना गरिएको छ । सामाजिक सञ्जालमा कार्की दम्पतीको यो कदमलाई प्रेरणादायी भन्दै प्रशंसा गरिएको छ । धेरैले तडकभडक बिनाको यो विवाहले परम्परागत सामाजिक बेथितिहरू तोड्न सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९