
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ । निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पुरा नभएको साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो । पार्टीले २०८० जेठ १–३ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google