काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
पार्टीका तर्फबाट महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति निकाल्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
छानबिन प्रक्रिया पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्य हैसियतले पनि काम नगर्न/नगराउन निर्देशन दिइएको छ । साथै, उनलाई २४ घण्टे स्पष्टीकरण पनि सोधिएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नुभएका सांसद डा. ढाकाकुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
पार्टीले आकस्मिक बैठक राखेर सांसद श्रेष्ठलाई पार्टीको कुनै पद र सांसदको रुपमा काम नगर्न भन्दै निलम्बन गरेको हो । स्वास्थ्यमन्त्री रास्वपाको भागमा परेको र २/३ जनालाई मिलाउन पैसा चाहिने भन्दै श्रेष्ठले प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको हो ।
‘त्यहाँ २/३ जना हुनुहुन्छ पार्टीलाई, रवि (सभापति रवि लामिछाने)लाई शुरूदेखि नै सहयोग गर्ने मान्छे, त्यही टीमबाट मलाई कुरा आएको हो’ श्रेष्ठले अडियोमा भनेका छन्, ‘अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि । साढे २ (करोड) भन्या छन्, आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google