काठमाडौं । पछिल्लो समय २१ जना नेपाल प्रहरी सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले गैर हाजिर रहेको भन्दै २१ जना प्रहरीका लागि ७ दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै १ जना प्रहरी वरिष्ठ हवलदार, ५ जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी १ महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले ७ दिन भित्र स्पष्टीकरण सहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको सूचना
सूचना प्रकाशित मिति :- २०८०।०९।११ गते ।
तपाईं देहाय विवरणका प्रहरी कर्मचारीहरू देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआउनुभएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ ।
१.वरिष्ठ हवल्दार रम्भु राम
प्र सहायक हवल्दारहरू
२. सुदिप लिम्बु
३. विनोद बस्नेत
४. प्रेम बहादुर चौधरी
५. मुकेश कुमार मण्डल
६. रमेश पोखरेल
प्रहरी जवानहरू
७. बुद्धबल तामाङ
८. रुपक के.सी.
९. राजु चौधरी
१०. मायाराम चौधरी
११. धर्मराज वली
१२. मिलन भट्टराई
१३. लक्ष्मण बहादुर थापा
१४. यलम्बर राई
१५. महेश साह
१६. राजेन्द्र परियार
१७. लोकेन्द्र बहादुर थापा
१८. टोप बहादुर सिंह
१९. निर्जन थापा मगर
प्रहरी कार्यालय सहयाेगी
२०. रन्जित कुमार राम
२१. टेक बहादुर खड्का
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google