खानीखोलामा नेपाली कांग्रेसको पालिका स्तरीय सम्मेलन

दर्पण दैनिक १८ चैत्र २०७९,२१:१३
post

काभ्रे । नेपाली कांग्रेस खानीखोला गाउँपालिकाले पालिका स्तरीय सम्मेलन सम्पन्न गरेको छ । वार्षिक सम्‍मेलन प्रत्‍येक बर्ष गर्नुपर्ने विधानमा उल्‍लेख गरिए बमोजिक सम्मेलन सम्पन्न गरिएको हो  । सम्मेलनलाई उद्धाटन गर्न नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ प्रदेश सभा (ख) का सभापति चन्द्र लामा खानीखोला पुगेका थिए । सभापति एवं प्रमुख अथिति लामाले कांग्रेसले परिकल्पना गरिएको सिद्धान्‍त र मार्गमा हिडनु आजको तमाम कार्यकर्ता र जनताको आवश्‍यकता रहेको बताए । उनले खानीखोलाको जनताको भविष्‍यमा नेपाली कांग्रेस सधै गम्भिर रहेको बताए । 

जनताको हर दुख सुखमा नेपाली कांग्रेस जिम्मेवारीका साथ पुरा गर्ने उनले बताए ।  उनले भने, ‘जनताको लागि नेपाली कांग्रेस सँधै कर्तव्यपालक रहने छ ।’ 

खानीखोला गाउपालिका भित्र ७ वडा रहेका  छन् । सातै वडा सभापतिहरु र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु साथै नेपाल तरुणदल जिल्लाका नेताहरु उपस्थिति रहेको थियो । १४औ अधिवेशन भएको झन्डै १ वर्ष ६ महिना सम्ममा आइपुग्दा कांग्रेसका उपलब्धि कम्जोरी र थप सुधार गर्नु पर्ने कार्यको बिषयमा छलफल भएको थियो । 

नेपाली कांग्रेसले जनताका लागि गर्नु पर्ने  खानीखोलामा बिभिन्‍न कार्य समेतका विषयमा चर्चा भएको थियो । कार्यक्रमलाई मौसमका कारण खानीखोला कै कतिपय नेता कार्यकर्ताहरु उपस्थिति हुन नसकेको सचिव बिष्णुप्रसाद तिमल्सिनाले जनाकारी दिए । 

सो कार्यक्रमको सभाध्यक्ष एवं खानीखोला गाउपालिका सभापति दोर्जेमान जिम्बाले अब खानीखोलामा नेपाली कांग्रेसले बिधान अनरुप बिधि संबधत कार्य गर्ने बताए । उनले खानीखोलामा जनताको लागि गर्ने पर्ने काममा कुनै कसुर बाकी नराख्‍ने बताउदै  निरन्तर जनताका लागि खटने र जनताका लागि जिवन समर्पित रहने जिकिर गरे । 

सो कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापतिहरु वडा अध्‍यक्षहरु नेपाल तरुण दल जिल्‍ला सह कोषध्‍यक्ष शेर बहादुर वाइबा सहसचिव राजेश जिम्बा र खानीखोला गाउपालिका तरुण दलका सभापति प्रकाश जिम्बा लगायतले आ आफनो धारणा राखेका थिए । १७ गते देखि खण्डावृष्टीरुपमा परेको पानीले बाटो अबरुद्ध भएको र साधनमा आवतजावतमा समस्या भएको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: