
इलाम । इलाममा ६ दिने व्यवसायिक फूल खेती प्रविधि तालिम सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) इलाम शाखाको समन्वय तथा कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्काको आयोजनामा तालिम सुरु भएको हो । कृषि ज्ञान केन्द्र इलामको हलमा आज जेठ ३० देखि सुरु भएको तालिम असार ३ गते सम्म हुने फ्लोरिकल्चर एशोसिएसन नेपालको इलाम जिल्ला शाखाकी सचिव रन्जिता जिमि याक्खाले जानकारी दिइन् ।
कृषि ज्ञान केन्द्र, इलामका प्रमुख रामजुगन यादवको अध्यक्षता भएको व्यवसायिक फूल खेती प्रविधि तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा फ्लोरिकल्चर एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष मीनबहादुर तामाङले गरेका हुन् । कार्यक्रममा अतिथिहरु कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, झुम्काका तालिम संयोजक मन कुमार राई, कृषि ज्ञान केन्द्रका नासु बसन्ता लामिछाने, लेखा प्रमुख रामहरी देवकोटा, फ्लोरिकल्चर एशोसिएसन नेपाल इलाम शाखाकी अध्यक्ष सावित्री देवि राई र सल्लाहकार बुद्धमाया सोङमी रहेका थिए । तालिमको प्रशिक्षकमा भिम कुमार राई र हिमान तामाङ रहेका छन् ।
सचिव रन्जिता जिमि याक्खाका अनुसार तालिममा २५ जनाको लागि कोटा छुट्याइएको भएपनि ससहभागीको संख्या भने बढी रहेको छ । इलामका १० वटै स्थानीय तहबाट पुष्प व्यवसायीको सहभागिता रहेको उनले बताइन् । उनले भनिन्, ‘जिल्लाका १० वटै पालिकाबाट २ र २ जना नर्सरी व्यवसायी सहभागी भएका छन् । फ्यान कार्यसमितिका सदस्य पनि सहभागी भएका छन् ।’
जिल्लामा रहेका नर्सरी तथा पुष्प वयवसायीको तथ्यांकसमेत संकलन गरि पुष्प वष्वसयाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको माग गरिएको सचिव याक्खाले बताइन् । फ्यानको इलाम जिल्ला समितिले यसअघि पनि विभिन्न कार्यक्रहरु गर्दै आएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google