मधेश प्रदेशको मन्त्रिमण्डलमा को को थपिए ?

दर्पण दैनिक २० माघ २०७९,१९:०७
post

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले आजै शपथसमेत लिएका छन् ।

गठबन्धन दलहरुमध्ये नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रदेश सरकारको ६ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । जसअनुसार जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मो जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै, राज्यमन्त्रीहरूमा जसपाका शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैंसँग राखेका छन् ।

गत पुस २९ गते तीन जना विनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

सत्ता साझेदर दल माओवादी केन्द्रले भने सरकारमा सहभागी भएको छैन ।

मन्त्रालय भागबण्डाको क्रममा एउटा मन्त्रालय मात्रै दिने भनिए पछि माओवादीले मन्त्री पठाएको छैन ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: