देवीचौरका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण

दर्पण दैनिक ३१ असार २०८०,१७:५६
post

ललितपुर । जिल्लामा रहेका भुमिहिन दलित तथा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो । 

यसै क्रममा गोदावरी नगरपालिका वडा नं ७ देविचौरका भूमिहीन दलित तथा भुमिहीन सुकुम्वासीलाई निस्सा दिइएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वडाअध्यक्ष मथुरा शर्मा बजगाईं, भुमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनले संयुक्त रुपमा देवीचौर पुगेर ३ जना भुमिहिन दलित ११ जना भुमिहिन सुकुम्वासी गरी १४ जनालाई निस्सा वितरण गरेका हुन् । 

नगर प्रमुख महर्जनले बाँकी वडाहरुमा पनि चाडै प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने बताए । यसअघि वागमती गाउँपालिकामा २० जना भुमिहिन दलित र ७४ जना भुमिहिन सुकुम्वासी गरि ९४ जनालाई निस्सा प्रदान गरिसकिएको भूमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनले बताए । 

उनले भुमिहिन दलित तथा भुमिहिन सुकुम्वासीलाई निस्सा वितरण सँगै अव्यवस्थित बसोबासीहरुलाई पनि चाडैं निस्सा वितरण गर्ने तयारी भइरहेको समेत बताएका छन् । 

जिल्लाका ६ स्थानीय तहमा लगत संकलनका आधारमा १०७ जना भूमिहीन दलित, ५४७ जना भूमिहीन सुकुम्बासी र २ हजार ५४७ जना गरी कुल ३ हजार २०१ जनाको तथ्याङ्क संकलन रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति ललितपुरका विज्ञ सदस्य प्रतीक तामाङले बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: