४ दलीय गठबन्धनसँग दोब्बर मतले पारजित गर्दै रास्वपाका सापकोटा विजयी

दर्पण दैनिक २३ श्रावण २०८२,१६:०६
post

काठमाडौँ । चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदयनारायण सापकोटा निर्वाचित भएका छन् ।रौतहटमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय २ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गरेका छन् । सापकोटा भण्डै दोब्बर मतान्तरले विजयी भएका हुन् ।

१ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको थियो । बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र व्यावसायीको हितमा सदैब क्रियाशिल रहने बताए । अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: