तेमालको १३औं गाउँसभा उद्घाटन गर्दै खानेपानी मन्त्री तीर्थ लामाले भने– सबैलाई समेटने गरि बजेट ल्याउनु

दर्पण दैनिक १० असार २०८०,२१:०१
post

काभ्रे । तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तेमाल गाउँपालिकाको १३औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँ सभाको उद्घाटन बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री लामाले सबैलाई समान हुनेगरि बजेट ल्याउन अनुरोध गरे । उनले भने, ‘गाउँपालिकाका सबै क्षेत्र तथा समुदायलाई समेटेर बजेट ल्याउन अनुरोध गर्न चाहन्छु ।’ 

मन्त्री लामाले बजेट ल्याउदा गरिब, निमुखा तथा आम सर्वसाधारणले महसुस हुनेगरि ल्याउनु पर्ने बताए । हरेक जनप्रतिनिधिलाई जनताले अमूल्य मत दिएर पठाएको कारण पनि आम मानिसले महसुस गर्ने गरि काम गर्नुपर्नेमा मन्त्री लामाले जोड दिए । उनले संघ र प्रदेशको अधिन तथा नीति नियम भित्र रही तेमाल गाउँपालिकाले बजेट कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । सो अवसरमा प्रदेशबाट सक्दो सहयोग रहने मन्त्री लामाले प्रतिबद्धता जनाए ।  

तेमाल गाउँपालिकाले पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य र कृषि तथा पशु क्षेत्रमा विशेष महत्व दिंदै आएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए । उनले आगामी आर्थिक बर्ष ९ वटै वडामा जोड्नै रणनैतिक सडकलाई प्राथमिकतामा राख्ने बताए ।  उनले बजेट प्रस्तुत यहीं असार १४ गते गर्ने जानकारी दिए ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: