बझाङमा डोजर दुर्घटना हुँदा ३० वर्षीय युवककाे मृत्यु

दर्पण दैनिक १७ पुष २०८०,०९:०८
post

बझाङ । बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा डोजर दुर्घटना भएको थियो । 

बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गरेको डोजर सडकबाट २० मिटर तल खसेको थियो । चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु चौधरीले जानकारी दिए । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: