
काभ्रे । नेपाली कांग्रेस काभ्रेको नियमित घुम्ती बैठक यो पटक भने खानीखोला गाउपालिका वडा नं ५ ताल्ढुंगामा हुने भएको छ । माघ २ गते बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको नियमित बैठकले अर्को बैठक फागुन २ गते काभ्रेपलान्चोकको खानीखोला गाउँपालिकामा बस्ने निर्यण गरेको थियो ।
जिल्ला कार्यसमितिको औपचारीक बैठक पछि खुल्ला सभा कार्यक्रम समेत राखिएको छ । नेपाली कांग्रेस खानीखोला गाउँ कार्यसमितिको व्यवस्थापनमा रहने सो कार्यक्रममा नेपाली कांग्रेस खानीखोला गाउपालिका भित्रका क्रियाशील सदस्यहरु, क्षेत्रिय प्रतिनिधिहरु, भातृ संस्थाका नेता कार्यकर्ता सहभागी हुने कांग्रेस खानीखोलाका सचिव क्षेत्र वाइबाले जानकारी दिए । खुल्ला सभामा कार्यकर्ताले आ–आफनो धारणा समेत ब्यक्त गर्न पाउने छन् ।
जिल्लास्तरका नेता तथा जनप्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरेर आआफनो माग समेत पेश गर्न पाउने सचिव वाइबाले बताए । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने बताइएके छ ।
कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको छ । कार्यक्रम यही फागुन २ गते शुक्रबार खानीखोला गाउपालिका वडा नं ५ ताल्ढुंगामा बिहान ११ बजेको लागि तय गरिएको छ ।













































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google