
काठमाडौं । नागार्जुन नगरपालिका २ मा रहेको तीनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपभोक्ता समितिको अध्यक्ष भक्त लामाकाे सभापतित्व सम्पन्न भएकाे साधारण सभामा बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा प्रमुख अथिति रहेका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमन्त्री उद्वप थापा, बागमती प्रदेश सांसद आशा लामा र प्रकाश श्रेष्ठ, नगर प्रमुख मोहनबहादुर बस्नेत, वडाध्यक्षहरु र सामाजिक अभियान्तहरुको उपस्थिति रहेकाे थियाे ।
साधारण सभाकाे उद्ङाटन गर्दै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले समितिलाई आवश्यक थप बजेटको व्यवस्थापन गर्न बागमती प्रदेश सरकारका खानेपानी मन्त्रालय सधै तयार रहेको बताए । उनले भने, 'यो तीन धारे खानेपानीलाई हाल बिनियोजन भएको २५ लाखले के कति सम्म कार्य गर्न सक्छ गरेर थप रक़मको लागि केही चिन्ता नलिएर प्राविधिक स्टमेन्ट बनाएर पठाउनु हुन अनुरोध गर्दछु । बजेट ब्यवस्थापन गर्न म तयार छु ।'

उनले विशेष गरी काठमाडौंमा बसोबास गर्नुहुने सम्पूर्णलाई स्वच्छ खानेपानी खान पाउने अधिकार प्राप्तको लागि आफनो तर्फबाट सधै लागि रहने प्रतिबद्धता जनाए । उनले भने, 'पार्टीगत हिसाबमा विचार फरक फरक भएता पनि विकास निर्माण कार्यमा सबै एक ठाउँमा रहन आग्रह गदर्छु ।'

बागमती प्रदेश सरकारले सबै पुरानो पुरातात्विक कुराहरूलाई पहिचान गरेर यसको संरक्षण गर्न लागेको मन्त्री लामाले बताए । प्राकृतिक रुपमा धनी नागार्जुन नगरपालिकालाई थप जे जति समस्या छन यसको पूर्ण निराकरण गर्न सहयाेग गर्ने उनले बताए ।
मन्त्रालयको ज़िम्मेवारी लिंदै गर्दा गरिब जनताले पानीमा पैशा ख़र्च गर्न बाध्यता नरहोस सबै जनताले निःशुल्क खानेपानी पिउन पाओस् भन्ने अठोट आफूले राखेकाे बताउदै उनले साे पुरा गर्ने गरि काम गरिरहेकाे जानकारी दिए ।
बागमती प्रदेश सरकारका पूर्वमन्त्री उद्वप थापाले उपभोक्ता समितिको साधारण सदस्य रहेको बताउदै तीनधारा खानेपानीकाे लागि आफू पनि खट्ने बताए । उनले भने, 'बागमती प्रदेश सरकारका अरु मन्त्रीहरुले बजेट बिनियोजन गर्दा फोन गर्नु त परको कुरा, फोन नै उठाएन तर खानेपानी मन्त्रीले भने पटक पटक फोन गरेर कुन कुन समस्या छ ? भनेर साेध्नु भएकाे थियाे । आफैले फोन गरेर आवश्यक बजेट बिनियोजन गरेकोमा हार्दिक धन्यवाद सदनमा पनि दिए आज पनि दिन चाहान्छु ।'
बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारसँग खानेपानी ऐन ल्याउन आग्रह गरे ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google