ललितपुर । नेपाल इन्टरनेसनल कराँते क्योकुशिनकाई एशोसियसन एफआइकेकेका ब्रान्च चिफ केशव देशार सम्मानित भएका छन् । चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा सोमबार एफआइकेकेको उप डोजो उद्घाटनका क्रममा उनी सम्मानित भएका हुन् । फूलकन्ट्याक कराँतेका क्षेत्रमा विशिष्ट योगदान दिएवापत उपडोजोले उनलाई सम्मान गरेको हो ।
ब्रान्च चिफ देशार बाग्मती प्रदेशको नेपाल फूलकन्ट्याक कराँते तर्दथ समितीका अध्यक्ष पनि रहेका छन् । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुलकन्ट्याक्ट कराते चिफ कोच कुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा एफआइकेकेका कोषाध्यक्ष शारदा थिङसहित अन्य खेलाडीहरु सुनिल आचार्य , विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, समिर दुधराज, राजकुमार नगरकोटी लगायतको उपस्थिती थियो ।उप-डोजो प्रशिक्षक अभिषेक डंगोलले कार्यक्रमको बारेमा प्रष्ट पार्दै समापन गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google