
बझाङ । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । यही गाउँपालिकाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबार मात्रै नागरिकता पाइन्।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर गिठीदेवीलाई नागरिकता प्रदान गरे। ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो’, उनले भने, ‘त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ।’
नातिभन्दा पछि बज्यैको नागरिकता
मष्टा गाउँपालिका–३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याएका थिए। जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए। तर, उनीबाट सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिए थियो गौरीलाल। उनी अहिले ६१ वर्षका भए।
गौरीलालले २०४२ सालमै नागरिकता लिए। गौरीका छोरा छोरी पनि नागरिकता लिइसकेका छन्। कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन्। पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ।
‘सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो’, उनले भने, ‘अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन।’ अहिले प्रशासनलाई खबर गरेसँगै घरमै टोली आएर नागरिकता प्रदान गरेको उनले बताए।









































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google