
काभ्रे । खानिखोला गाउँपालिकाको केन्द्र रहेको ताल्ढुङ्गा ५ मा केन्द्रीय प्रसारण लाइनमार्फत विजुली बलेको छ । उज्यालो अभियान अन्तरगत खानीखोला गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारणको सफल परिक्षण गरिएको हो । खानिखोला गाउँपालिकाको केन्द्र रहेको ताल्ढुङ्गा ५ मा रहेका कायार्लयहरू स्वास्थ चौकी, गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसहित ५ ठाउँमा बत्ति बलेको हो ।
खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङलगायतको अगुवाइमा खानिखोला बत्ति बलेको भन्दै भन्दै स्थान्ीय धन्वादसमेत दिएका छन् । अब केही दिनमा मिटर आउनले र सबै घरमा विजुली बल्ने बताइएको छ ।
खानीखोलासँगै अब महाभारत गाउँपालिका पनि केन्द्रीय विद्युतको पहुँच पुगेको छ ।
खानिखोला गाउँपालिकाका प्रमुख इन्द्रबहादुर थिङले केन्द्रीय विद्युत प्रसारण लाइनको सफल परिक्षण भएको खुसि व्यक्त गरेका छन् । उनले छिटोभन्दा छिटो मिटर बक्स जोड्न समेत अनुरोध गरेका छन् ।
खुसि व्यक्त गर्दै थिङले लेखेका छन्, ‘खानीखोलालाई केन्द्रस्य विद्युतको पहुँचसँग जोड्नको लागि अथकरूपमा लाग्नु हुने पूर्व उर्जा राज्यमन्त्री तथा संविधानसभा सभा सदस्य सुर्यमान दोङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ललितपुर विद्युत प्राधिकरण र काभ्रे विद्युत प्राधिकरणका प्रमुखसहित सम्बन्धित इन्जिनियर, पालिकाका जनप्रतिनिधि, कर्मचारीसहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण खानीखोलाबासीमा धन्यवाद व्यक्त गर्दछु ।’ उनले ‘हामी बनाउँछौ हाम्रो खानीखोला’ अभियान अन्तर्गत परिक्षण सफल भएको बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google