खानीखोला गाउँपालिकाले ल्यायो ५१ करोड ७ लाखको बजेट, नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठसहित

दर्पण दैनिक १५ असार २०८०,१४:५३
post

काभ्रे । काभ्रपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५१ करोड ७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ । खानीखोला गाउँपालिकाको १३औँ गाउँसभामा आब २०८०/८१ को नीति तथा कार्यक्रम अध्यक्ष  ईन्द्रबहादुर थिङ र बजेट उपाध्यक्ष दोर्जेमान जिम्वाले प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष जिम्वाले आर्थिक वर्ष २०८०/०८१ मा नीति, योजना कार्यक्रम कार्यान्वयन गर्ने बजेट प्रस्तुत गरेको बताए । 

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष जिम्वाले भने, ‘कुल प्रस्तावित आय रकममा सङ्घीय वित्तीय समानीकरण अनुदान ७ करोड ३३ लाख, संघीय सशर्त अनुदान १६ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँड ७ करोड ३६ लाख ९३ हजार ५ सय, संघीय समपूरक अनुदान ८० लाख र संघीय विशेष अनुदान १ करोड १५ लाख गरी सङ्घीय सरकारबाट प्राप्त कूल जम्मा बजेट ३३ करोड ५९ लाख ९३ हजार ५ सय अनुमानित आय प्राप्त भएको छ । त्यसैगरी प्रदेश वित्तीय समानीकरण अनुदान ६५ लाख ६४ हजार, प्रदेश सशर्त अनुदान ५ करोड ६८ लाख ९० हजार, प्रदेश समपूरक अनुदान २ करोड, प्रदेश सरकार विशेष अनुदान १ करोड, प्रदेश सवारी साधन कर र राजस्व बाँडफाँडबाट प्राप्त १ करोड ४५ लाख २१ हजार ६ सय २ रुपियाँ गरी कूल जम्मा प्रदेश सरकारबाट प्राप्त बजेट १० करोड ७९ लाख ७५ हजार ६ सय २ रुपियाँ अनुमानित आय प्राप्त भएको छ ।’

प्रस्तुत बजेटमा सामाजिक सुरक्षातर्फ रु. ४ करोड खर्च हुने अनुमान गरिएको छ । साथै सङ्घीय सरकार अन्तर्गत चालू तथा पूँजीगत खर्चतर्फ रु. १६ करोड ९५ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान कार्यक्रमतर्फ रु. ५ करोड ६८ लाख ९० हजार रहेको छ ।

बजेटकाे पूर्णपाठ 

 

नीति तथा कार्यक्रमकाे पूर्णपाठ
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९