कोन्ज्योसोमले ल्यायाे ५१ करोड ३७ लाखकाे बजेट, शंखु अस्पताललाई ७ करोड

दर्पण दैनिक ११ असार २०८०,०९:१८

वडाध्यक्षले २ लाख देखि ७ लाख भन्दा माथिका ४ वटासम्म योजना बनाउन सक्ने

post

सन्तोष दाहाल, ललितपुर ।  देशैभरका स्थानीय तहहरुले आईतबार वर्षे अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट सार्वजनिक गरेका छन् । यसैबीच दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ५१ करोड ३७ लाख ३१ हजार बराबरको बजेटको आयव्यय प्रस्तुत गरेको छ ।  

गाउँपालिकाको १२औं गाउँसभा अधिवेशनमा गाउँपालिका प्रमुख कृष्णमान लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने बन्दसत्रमा उपाध्यक्ष राजन प्रसाद घिमिरेले गाउँपालिकाको अनुमानित बजेट वाचन गरेका थिए । 

गाउँपालिकाले प्रत्येक वडालाई ४५ लाखको बजेट सिलिङ्ग उपलब्ध गराएको छ, भने भौतिक पूर्वाधारको लागि वडाध्यक्षको तजबिजमा रहने गरी थप रकम रामेत दिईएको छ । वडाध्यक्षले कम्तीमा २ लाखको योजना बनाउन तथा ७ लाख माथिको कम्तीमा ३ देखि ४ वटा वडा स्तरीय योजना बनाउन पाउने गाउँपालिकाले जनाएको छ । त्यसैगरी गाउँपालिकाले यसपटक विगतमा राखेको अध्यक्ष उपाध्यक्ष कार्यक्रम बन्द गरेको छ। साथै आवश्यकताको आधारमा सबै विषयगत समितिलाई पनि बजेट उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

नयाँ आर्थिक वर्षको लागि कोन्ज्योसोम गाउँपालिकाले शिक्षामा १ करोड १० लाख, कृषिको लागि १ करोड १० लाख, स्वास्थ्यमा ३० लाख,सामाजिक सुरक्षामा २० लाख, पशुमा ३१ लाख रकम छुट्याएको छ । क्रमागत योजना अन्तर्गत शंखु अस्पताललाई यस वर्ष ७ करोड रकम विनियोजन गरिएको छ । 

आइतबार आयोजित गाउँसभामा ललितपुर १ का संघीय सांसद उदय राणा, प्रदेश सांसदहरु मधुसुदन पौडेल, उर्मिला लामा, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, गाउँपालिकाका पूर्व अध्यक्ष उपाध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै सांसद राणाले यस वर्ष संघ सरकारबाट विविध कारणबजेट घटेकोले गाउँपालिकाकरुमा सोचेजति बजेट ल्याउन न सकिएको स्वीकार गरे ।  यद्यपि सरकारमा रहेका ठुला नेताको जिल्लामा थुप्रै बजेट पारिएको भन्दै आफ्नै पार्टीका नेता र अर्थमन्त्रीको आलोचना गर्न बाध्य भएको उनको भनाई छ । 

एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसुदन पौडेलले विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताए ।  बागमती प्रदेश सरकारले राज्यकोषलाई आफ्नो बपौती ठान्दै निश्चित नेताको जिल्ला र क्षेत्रमा बजेट पारेर ललितपुर लाई उपेक्षा गरेको उनको गुनासो छ । सरकारको गलत कामको विरोधमा प्रदेशासभामा बजेटको छलफल हुँदा प्रतिपक्षी दलको हिसाबमा सशक्त आवाज मुखरित गर्ने उनले बताएका छन् । सांसद उर्मिला लामाले जिल्लाको विकास निर्माणमा बजेट ल्याउन आफ्नो बलबुताले भ्याएसम्म लागिपरेको बताईन ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: