तेमालमा आँखा र दाँतको बृहत स्वास्थ्य शिविर सञ्चालन हुँदै, मौकाको फाइदा उठाउन अध्यक्ष लामाको आग्रह

दर्पण दैनिक ७ बैशाख २०८१,०९:०२
post

काभ्रेपलाञ्चोक ।  तेमाल गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । तेमाल गाउँपालिकाको आयोजनामा यहीं बैशाख १० गते देखि १८ गतेसम्म विभिन्न स्थानहरुमा आँखा र दाँतको शिविर सञ्चालन हुने भएको हो ।

सो शिविरमा नेपाल नेत्रज्योती संघ, किर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी भोलिन्टियर डक्टरको प्राविधिक सहयोग रहेको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए । 

उक्त शिविरबाट पत्ता लागेका मोतिया विन्दुको निःशुल्क अप्रेसन तेमाल गाउँपालिकामा हुनेसमेत उनले बताए । उनले भने, ‘तेमालका आम नागरिकको स्वास्थ्य प्रति हाम्रो चिन्ता र चासो छ, नागरिकको सेवाको लागि हामी हाजिर छौं ।’  साथै उनले शिविरमा सहभागी भएर मौकाको फाइदा उठाउन सबैलाई अनुरोध गरे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकका अनुसार बैशाख १० गते वडा १ को कार्यालय भवन सस्र्युखकर्मा, ११ गते वडा २ को भवन चुखामा, १२ गते वडा ३ को भवन कुडुवालमा, १३ गते वडा ४ मा रहेको तेमाल मावि बोल्देफेदिचेमा र १४ गते वडा ६ को ठुलो पर्सेल स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ । त्यस्तै, वैशाख १५ गते वडा ७ को चापाखोरी स्वास्थ्य चौकीमा, १६ गते वडा ८ को वडा कार्यालय भवन लोङसालमा, १७ गते वडा ९ मा रहेको स्वास्थ्य इकाईमा र १८ गते वडा ५ को गिम्दी स्वास्थ्य इकाईमा शिविर सञ्चालन हुने पाठकले बताए ।  उनका अनुसार सबैठाउँमा विहान १० वजेदेखि दिउसो ३ वजेसम्म शिविर सञ्चालन हुनेछ ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: