तेमाल गाउँपालिकाकाे विशेष घुम्ती शिविर सुरू

दर्पण दैनिक २३ श्रावण २०८३,१८:०३
post

आम नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको तेमाल गाउँपालिकाले पालिका बाहिर बसोबास गर्ने नागरिकको लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न विशेष घुम्ती शिविर सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८३–०८४ को लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न विशेष घुम्ती शिविर सञ्चालन गरिहरेको हो ।

आमनागरिकको सेवा गर्ने अठोट गरेर काम गरिरहेको बताउँदै गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आज साउन २३ गते देखि २९ गते सम्म घुम्ती शिविर सञ्चालन हुने जानकारी दिए । 

अध्यक्ष तामाङका अनुसार  गाउँपालिका बाहिर (काठमाडौँ उपत्यका तथा बनेपामा) रहेका  सेवाग्राहीहरूको सुविधाका लागि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म घुम्ती शिविर सञ्चालन हुनेछ । 

साउन २३ गते कुमारिगालमा सम्पन्न भइसकेको छ, भने साउन २४ गते नयाँबस्ती, २५ गते कपन – आकासेधारा, २६ गते स्वयम्भू, २७ गते कोटेश्वर, २८ गते सुर्यविनायक र २९ गते बनेपामा घुम्ती शिविर सञ्चालन हुनेछ । 

आजदेखि सुरु भएको घुम्ती शिविरमा उत्सहजन सहभागिता रहेको तथा सेवाग्राहीको सहजताको लागि गत वर्ष भन्दा व्यवस्थित गरिएको अध्यक्ष तामाङले दर्पण दैनिकलाई बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: