सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सुर्खेत कारागारका कैदी बन्दीहरुको मनोरञ्जनको लागि एकल गायन कार्यक्रम सम्पन्न भएको छ । पुरूष ३३१, महिला ३४ र आश्रीत २ गरी जम्मा ३६५ कैदी बन्दी रहेको सुर्खेत कारागारमा बिहान १२ः३० बजेदेखि लोकप्रिय गायक राजु लामाले करिब १ घण्टा एकल गायन प्रस्तुती दिएका हुन् ।
गायक लामाले तिमीलाई देखेर, हल्ला चलेछ, पर्खाइमा, झरनाको चिसो पानी, ऋतुहरूमा तिमी, उभों–उभों खासा समेतका गीतहरू प्रस्तुत गरे । सो क्रममा लामाले कैदी बन्दीहरूलाई आफू सुधार भएर समाजमा स्थापित हुन सल्लाह समेत दिए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा तथा कारागार प्रशासक अधिकृत लक्ष्मी खरेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले कारागारमा रहेका कैदी बन्दीहरूको जिवनयापनमा सुधार हुनुका साथै मनोरञ्जन प्राप्त भई उत्प्रेरणा समेत मिलोस भनेर उक्त कार्यक्रम आयोजना गरेको बताए ।










































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google