एमालेमै फर्किए एकीकृत समाजवादीका ३१ प्रभावशाली नेता

दर्पण दैनिक ११ चैत्र २०७९,०७:४६
post

रौतहट । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न् । पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नगरपालिकाका मेयर पदका प्रत्यासी बाबुराम दाहालसहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका हुन् ।  

समाजवादीले कम्युनिस्ट आन्दोलन पुरा गर्न नसक्ने भन्दै चन्द्रपुर ४ का पुर्व वडा अध्यक्ष अमर बहादुर आले, शेख कलिमुल्लाह, टीका कार्की, बिनोद चौधरी लगायत ३१ जना नेकपा एसका प्रभाबशाली नेताहरु एमालेमै फर्किएका हुन ।

गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघिय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको भुमिका देखेर नै उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर एमालेमा फर्किएको दाहालको भनाइ रहेको छ ।

दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटि अध्यक्ष हुदै प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा थिए । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को २ कार्यकाल क्षेत्रीय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन् ।

यस्तै नेकपा एसको प्रदेश कमिटि सदस्य तथा पुराना नेता अमर आलेले पनि माधव नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको भबिष्य नदेखेको कारण पुरानै घर फर्किएको बताए ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर ४ को वाड अध्यक्षमा निर्वाचित समेत रहेका आलेले आफुले मलजल गरेको नेकपा एमाले पार्टी नै भएको कारण पुरानो घर फर्किएको बताए ।

यसैगरी नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि एमालेमा फर्किएका छन । नेकपा एसमा राजनिति सुरक्षित नभएको र आफनो पार्टी भनेको नेकपा एमाले मात्रै जस्तो मन मस्तीकमा रहेको कारण पनि आफनो पुरानो घर फर्किएको नेता कलिमुल्लाहले बताए ।

सोही कार्यक्रममाफर्त नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की, जिल्ला कमिटि सदस्यहरु बिनोद चौधरी, राजन थापा, रामकुमार खडका, मधुसुदन धिताल, रामचन्द्र दाहाल, नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भु प्रसाद गुप्ता, वनपती देबी सहनी पनि एमालेमा फर्कीएका छन् ।

यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी, गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी, होस नारायण यादब, सुरेश चौधरी, लाल बहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेब मण्डल, शेख मजहर आलम,पारस सहनी, शेख रेयाज, राम सेवक राय लगायत नेकपा एस छाडेर एमालेमा फर्किएका नेता कलिमुल्लाहले जानकारी दिएका छन ।

नेकपा एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल, पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतको नेताहरुको उपस्थीती रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: