काठमाडौँ । तेमाल गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका आफ्ना पालिकावासी वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता नविकरणको सुविधा उपत्यकामै प्रदान गर्न सुरु गरेको छ । पहिलो दिन कुमारीगाल काठमाडौँमा ६२ जनाको सामाजिक सुरक्षा भत्ता नबिकरणको गरिएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार ११ गते विहान ८ बजेदेखि नयांबस्ती क्लबमा हुनेछ । १२ गते कपन, १४ गते स्वयम्भु, १५ कोटेश्वर महादेव मन्दिर, १६ गते भक्तपुरको सूर्यविनायक र १७ गते काभ्रेको बनेपामा सम्पर्क स्थान तोकिएको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । उक्त स्थानमाहरुमा तोकिएको दिन विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म समपर्क गर्न पालिकाले अनुरोध गरेको छ ।
अध्यक्ष तामाङले वडामा आफैं उपस्थित भइ सेवा लिन कठिन हुने वृद्धवृद्धाका लागि मिति २०८२ साल श्रावण १० गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थान र बनेपाबाट सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य आवश्यक सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरिएको छ। सेवा सम्बन्धी थप जानकारीका लागि ९८५१११५३५८ मा सम्पर्क गर्न सकिने छ ।














































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google