काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाले किसानलाई लैनो भैंसी वितरण गरेको छ । दूध पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले ६५ प्रतिशत अनुदानमा सो भैँसी वितरण गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तमाङ (दावा लामा) ले दिएको जानकारी अनुसार गाउँपालिकाका वडा न १, ७, ९ र ५ का किसानलाई अहिलेसम्म ३६ वटा लैनो भैंसी वितरण गरिएको हो । भैँसी वितरण कार्यक्रमको लागि गाउँपालिकाको पशुपंक्षी शाखामार्फत ७० लाख खर्च भएको लामाले बताए ।
भैँसी वितरणबाट गाउँपालिकालाई दूधमा आत्म्निर्भर तथा पुशपालनमा प्रोत्साहन हुने उपाध्यक्ष लामाले बताए । उनले भने, ‘कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने नीति लिएका छौं ।’