योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ : मन्त्री केसी

दर्पण दैनिक २१ पुष २०८०,०९:०४
post

बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी हुन् ।


‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा मन्त्री केसीले भनिन्, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ । लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’ लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’


कोहलपुरमा अत्याधुनिक बसपार्क र भ्युटावरको संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने उनले बताइन् । ‘निर्माण हुनुपथ्र्यो वा हुनुहुँदैनथ्यो भनेर अब वादविवाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘बनिसकेका संरचना अब सबै मिलेर सञ्चालनमा ल्याउनुपर्छ ।’
योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा विगतमा त्यसो हुन नसके पनि अब बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुको विकल्प नभएको मन्त्री केसीको भनाइ थियो ।


कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् ।


यातायात कार्यालयको एउटा शाखा भए पनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिइन् । ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु । यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्, ‘अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् ।’
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: