
काठमाडाैं । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको आधा आधा कार्यकाल मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको छ । सुरुवातमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको हो ।
सहमति अनुसार एमालेले भौतिक पूर्वाधार सहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा लिने सहमति बनेको छ।
कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ।
त्यस्तै, एमालेले भौतिक सहित खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको छ ।













































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google