जिल्ला प्रशासन कार्यालय सुर्खेतले भन्यो, ‘व्यक्तिको कब्जामा रहेको भैरव माध्यमिक विद्यालयको जग्गा यथासिघ्र खाली गराउनु’

दर्पण दैनिक ८ श्रावण २०८०,१३:००
post

सुर्खेत । चिङ्गाड गाउँपालिकामा रहेको भैरव माध्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ बर्षदेखि एक परिवारले अतिक्रमण गरी उपभोग गर्दै आइरहेको जग्गा खाली गराउन दिएको आदेश कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले  फैसलाको कार्यान्वयन गर्न/गराउनुहुन भन्दै निर्देशन दिएको हो ।


श्री भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन अध्यक्षलाई पत्र लेख्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘उपर्युक्त विषयमा त्यस विद्यालयको नाममा स्रेस्ता कायम रहेको जग्गामा धनवीर रोकाय, बिरबल रोकाय, हरिबहादुर रोकाय, जितबहादुर रोकाय, दलबिर रोकाय, कुलबिर रोकाय लगायतका व्यक्तिहरुले अतिक्रमण गरी उपभोग गर्दै आइरहेको हुँदा उक्त अतिक्रमित जग्गा खाली गरिदिन भनी त्यस विद्यालयको मिति २०७९–१२–२७ को पत्र यस कार्यालयमा प्राप्त भएकोमा उक्त पत्र उजुरीको सम्बन्धमा मिति २०८०–०३–०६ गते यस कार्यालयबाट भएको फैसलाको पूणपाठको प्रतिलिपि पाना ४ यसै पत्रसाथ संलग्न राखी पठाइएको छ । शिक्षा ऐन, २०२८ को दफा १७ क एवं शिक्षा नियमावली, २०५९ को नियम १५८ को कानूनी व्यवस्था बमोजिम सरकारी विद्यालयको जग्गा, भवन लगायत चल, अचल सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको र सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीको भएकाले सो विद्यालयको जग्गामा घेरवार गरी संरक्षण गर्नु÷गराउनु हुन र उक्त विद्यालयको अतिक्रमित जग्गा विद्यालयले नै हकभोग र संरक्षण गरी यस फैसलाको कार्यान्वयन गर्न–गराउन हुन जानकारी गराइएको छ । फैसला कार्यान्वयन सम्बन्धित वडाका वडा अध्यक्ष मार्फत गराउन हुन र भोग चलन गर्दा कुनै बाधा अवरोध भएमा नजिकको प्रहरी चौकी मार्फत सुरक्षा व्यवस्था माग गर्न हुन जानकारी गराइएको छ।’


भैरव माद्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ वर्षदेखि रोकाय परिवारले कब्जा गरेको छ । विद्यालयको नाममा रहेको ९ घ ÷८९ क्षेत्रफल ७–२–२–१ र ९घ÷९५ ०–५–०–१ जग्गा कुनैपनि सम्झौता, समन्वयबिना नै रोकायाको परिवारले भोगचलन गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रानाले उपाध्यक्षको परिवारले श्रीखेतमा रहेको आठ रोपनी जग्गा भोगचलन गर्दै आएको बताएका थिए । उक्त जग्गा २०४१ सालदेखि विद्यालयको नाममा दर्ता भएको हो ।

 

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: