काभ्रेली जनताले भराेसा गरेका तीर्थ लामा, प्रदेश मन्त्री बनेपछि काभ्रेमा परे यी योजना (सूचीसहित)

चन्द्रकुमार विश्वकर्मा २५ असार २०८०,०८:५१
post

चन्द्रकुमार विश्वकर्मा । कम्युनिष्टकाे गढ मानिने क्षेत्रबाट २०७९ काे प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभामा निर्वाचित विकास विकासप्रेमी नेता हुन् बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा । काभ्रेली जनताले लामासँग निकै भरेासा गरेका थिए । जनताले गरेकाे विश्वास र दिएकाे मतकाे भारी बाेकेर प्रदेश सभामा छिरेका तीर्थ लामा पछिल्लाे समय धन्यवादकाे पात्र बनिरहेका छन् । सर्वसाधारणकाे जीवनस्तर उकास्न राजनीति गरेकाे भन्ने लामा आर्थिक बर्ष २०८०/८१ को बजेटमा खानेपानी मन्त्रालयमार्फत सबै सांसदका याेजना समावेश गरेकाे भन्दै प्रदेश सभामै धन्यवादका पात्र पनि बने । विभिन्न दलका सांसदहरूले उनलाई संसदकाे राेष्टमबाटै धन्यवाद दिए । प्रदेश सभामै धन्पवाद पाउने एकमात्र मन्त्री हुन् तीर्थ लामा । विनियोजन बजेट माथिको छलफलमा सहभागी प्रतिपक्षी सांसदहरूले समेत लामाकाे प्रशंसा गरेका थिए । 

सबैलाइ मिलाएर लान सक्ने क्षमता भएका उनी काभ्रे कांग्रेसकाे सभापति बनेपछि कांग्रेसकाे संगठन विस्तारले गति लिएकाे थियाे । लामाकै कारण गत वैशाखमा सम्पन्न स्थानीय तहकाे चुनावमा कांग्रेस पहिलाे पार्टी बनेकाे थियाे । कम्युनिष्टकाे गढ मानिने काभ्रेकाे साे क्षेत्रबाट निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । 

मन्त्री लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना

बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड  ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०/८१ को लागि बजेटमा समावेश भएका छन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएका हुन् । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेका खानेपानी, उर्जा र सिंचाई मन्त्रालयमार्फत सबैभन्दा धेरै बजेट काभ्रेका योजनामा विनियोजन भएको छ । उक्त मन्त्रालयबाट काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजना भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ । मन्त्री लामामार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट क्षेत्र नं १ (क) मा १४ करोड ६ लाख, प्रदेश सभा १ (ख)मा ३४ करोड १५ र अन्तरपालिका र जिल्लास्तरीय योजनामा ११ करोड २० लाख गरी ५९ करोड ४१ लाख रकम विनियोजन भएको छ । सामाजिक विकास, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट पनि मन्त्री लामामार्फत १९ करोड ८६ लाख रकम विनियोजन भएको छ ।सामाजिक विकास, वन, पर्यटनतर्फ प्रदेश सभा १ (ख) मा ४ करोड ३६ लाख,  १ (क) तर्फ ९ करोड २० लाख र काभ्रे क्षेत्र नं २ मा ती मन्त्रालयबाट ५ करोड २९ लाख २५ हजार रकम विनियोजन भएको छ ।


लामा नै मन्त्री रहेका प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रे क्षेत्र नं १ प्रदेश सभा १ (ख) अन्तर्गत धुलिखेलका वडा नं ८, ९, १०, ११ र १२ मा  खानेपानीतर्फ ३ करोड ६ लाख र सिंचाईतर्फ १ करोड ६० लाखका योजना समावेश भएका छन् । रोशी गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका वडामा सिंचाईतर्फ ५ करोड ६५ लाख र खानेपानीतर्फ  ४ करोड ५९ लाख बराबरका योजना समावेश भएका छन् । 

खानीखोला गाउँपालिकामा सिंचाईतर्फ ४ करोड ७५ लाख, खानेपानीतर्फ ४ करोड १५ लाख, नमोबुद्ध नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ मा सिंचाईतर्फ ६ करोड ९७ लाख र खानेपानीतर्फका ४२ योजनामा ८ करोड ४० लाख रकम विनियोजन भएको छ । प्रदेश सभा १ (ख) अन्तर्गतका पनौतीका वडा नं ४ देखि १० सम्मका वडामा सिंचाईतर्फ २ करोड ७० लाख र खानेपानीतर्फ ३ करोड ७५ लाख रकम विनियोजन भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ६ मा मात्रै सिंचाईतर्फ ४५ लाख बराबरका २ योजना र खानेपानीतर्फ ३० लाखका २ योजना समावेश भएका छन् ।

प्रतिनिधी सभा क्षेन नं १ को प्रदेश सभा (क) अन्तगर्त चौरीदेउराली गाउँपालिकामा सिंचाईका २४ योजनामा २ करोड ८७ लाख, खानेपानीका २५ योजनामा ३ करोड ७६ लाख, महाभारत गाउँपालिकामा खानेपानीका २४ योजनामा ४ करोेड २१ लाख र सिंचाईतर्फका २९ योजनामा ६ करोड ४१ लाख विनियोजन भएको छ । तेमाल गाउँपालिकामा सिंचाईतर्फ ६ करोड २ लाख र खानेपानीतर्फ ४ करोड ९२ लाख रकम विनियोजन भएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानीका ५ योजनाको लागि ६० लाख र सिंचाईतर्फका ३ योजनका लागि ५५ लाख विनियोजन भएको छ । प्रदेश सभा १ (क)मा पर्ने रोशीका वडा नं ६ देखि १२ नं सम्मका वडामा खानेपानीतर्फका ३७ योजनामा ७ करोड ७० लाख र सिंचाईतर्फका ३७ योजनामा ९ करोड १२ लाख रकम विनियोजन भएको छ ।

प्रतिनिधी सभा क्षेत्र नं २ अन्तर्गत पाँचखाल नगरपालिकामा सिंचाईतर्फ ७ करोड २६ लाख र खानेपानीतर्फ १ करोड ६ लाख, बनेपा नगरपालिकामा सिंचाईतर्फ ३ करोड २० लाख र खानेपानीतर्फ ४ करोड ६ लाख ५० हजार विनियोजन भएको छ । मण्डनदेउपुर नगरपालिकामा सिंचाईतर्फ ७ करोड ७७ लाख र खानेपानीतर्फ २ करोड ८३ लाख विनियोजन भएको छ । 

प्रतिनिधी सभा क्षेत्र नं २ मा पर्ने धुलिखेल नगरपालिका वडा नं १ देखि ७ सम्म सिंचाईतर्फ २ करोड ८० लाख र खानेपानीतर्फ ८२ लाख, बेथानचोकको वडा नं १ देखि ५ सम्म खानेपानीका १४ योजनामा १ करोड ७५ लाख र खानेपानीका ८ योजनामा १ करोड ७५ लाख र पनौतीका वडा नं १, २, ३, ११ र १२ का १३ सिंचाई योजनामा १ करोड ७५ लाख र खानेपानीका १९ योजनामा २ करोड ५५ लाख बजेट विनियोजन भएको छ । भुम्लु गाउँपालिकामा सिंचाईतर्फ ६ करोड ३५ लाख र खानेपानीतर्फ ४ करोड ७६ लाख विनियोजन भएको छ ।

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: