फेसबुकबाट कमाएको रकम सामाजिक सेवामा : रास्वपा सांसद श्रीराम न्यौपानेको नौलो अभियान

दर्पण दैनिक ७ कार्तिक २०८३,११:३१
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुक मोनिटाइजेसनबाट भएको आम्दानी सामाजिक सेवामा लगानी गर्ने घोषणा गरेका छन् । नेपालमा डलर भित्र्याउने र सामाजिक हितमा लगानी गर्ने अभियानअन्तर्गत फेसबुक मोनिटाइजेसन सुरु भएको दुई महिनामै ६३४ अमेरिकी डलरभन्दा बढी (करिब ८५ हजार रुपैयाँभन्दा बढी) आम्दानी भएको उनले जानकारी गराएका हुन् ।

भोटेकोशी बाढीपछि उनकाे फेसबुक मोनिटाइजेसन सुरु भएको थियाे  । त्यसयता उनले ६३४ अमेरिकी डलरभन्दा बढी रकम कमाएका हुन् ।

सो रकम व्यक्तिगत लाभका लागि प्रयोग नगरी पूर्ण रूपमा सामाजिक सेवामा समर्पित गर्ने प्रतिबद्धता सांसद न्यौपानेले व्यक्त गरेका छन् । 

यसै अभियानअन्तर्गत दशैँको अवसर पारेर ग्रामीण क्षेत्रका युवा क्लबहरूलाई ५१ थान भलिबल र नेट, साथै आवश्यकता परेकाहरूका लागि ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण गरिएको छ ।

आगामी दिनमा पनि नियमअनुसार कानुनबमोजिम कर कट्टा गरी बाँकी रहने सम्पूर्ण रकम आमा समूह, युवा क्लब, अशक्त व्यक्तिहरू र अन्य जनहितका अभियानहरूमा पारदर्शी रूपमा खर्च गरिने उनले बताए ।

छोटो समयमै आफ्नो फेसबुक पेजमा ४० हजारबाट ८० हजारभन्दा बढी फलोअर्स पुर्‍याउन सहयोग गर्ने देश-विदेशका सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै न्यौपानेले भने, 'इन्जिनियरिङ केवल संरचना निर्माण मात्र होइन, समाज सुधारको डिजाइन पनि हो ।'

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७
post

रास्वपा काभ्रेमा पुनः ढकाल

२४ जेष्ठ २०८३,०९:२७
post

रास्वपाको बन्द सत्र आज

९ असार २०८३,०७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: