विश्वकप क्वालिफायर नेपालले आयोजना गर्ने

दर्पण दैनिक ६ कार्तिक २०८३,०९:२०
post

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने जनाएको छ । उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने ४ टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन् ।

यसैबीच नेपाल र भारत ‘ए’ बीचको शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघ (क्यान) बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

च्याम्पियन बन्याे नेपाल

२५ जेष्ठ २०८३,१७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: