काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आदिवासी जनजातितर्फबाट उम्मेदवारी दिएका लामाले ४ हजार ८५७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । कुल ७ हजार २६ मत खसेको निर्वाचनमा उनले करिब ६९ प्रतिशत मत प्राप्त गरे।
जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहेका लामा केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन् ।
लामाले २०६४ सालमा क्षेत्रीय उपसभापतिबाट आफ्नो राजनीतिक तथा सांगठनिक यात्रा सुरु गरेका थिए । उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल काभ्रेपलाञ्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।
नेपाल तामाङ संघको केन्द्रीय सदस्यका रूपमा २०६८ देखि २०७१ सम्म काम गरेका उनले लाेकतान्त्रिक आन्दोलनमा पनि भूमिका निर्वाह गरेका थिए । उनले संविधानसभामार्फत नेपालको संविधान निर्माणमा पनि योगदान दिएका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट उनी काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।
प्रदेश सभा सदस्य बनेका लामा बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)

































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google