काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्।
महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया तीन हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी तीन हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा तीन हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा तीन हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् ।
निर्वाचित हुने अन्य उम्मेदवारमा विनीता खड्का, अनिता देवकोटा, रिता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्।
प्राप्त मत परिणामअनुसार विनीता खड्काले दुई हजार ८६६, अनिता देवकोटाले दुई हजार ८५३, रिता सेन ओलीले दुई हजार ७००, सृजना अधिकारीले दुई हजार ६५८ र मुना भुसालले दुई हजार ५१४ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, गीता सत्यालले दुई हजार ४२०, कल्पना तिवारीले दुई हजार ३६३, रिता थापा मगरले दुई हजार ३०८, गंगा दाहालले दुई हजार २९८ र उमा दाहालले दुई हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबिच प्रतिस्पर्धा भएको थियो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google