
इलाम । 'फूलै फूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी' भन्ने मूल नाराका साथ इलाममा 'प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३' (First Flora Expo – 2026) आयोजना हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN), इलामको आयोजनामा उक्त मेला हुन लागेको हो ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN), इलामकी कार्यवाहक अध्यक्ष रञ्जिता जिमी याक्खाका अनुसार मेला आगामी २०८३ कार्तिक १८ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । मेला दैनिक बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म इलामको इलाम चोक बजार मा आयोजना हुने उनले बताइन् ।
मेलामा सहभागी हुन चाहने नर्सरी फार्म तथा व्यवसायीहरूका लागि कार्तिक १७ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको छ ।
मेलाका नेपालमा उत्पादित गोदावरी फूलको विशेष प्रदर्शनी हुने छ । १५ देखि २५ वटासम्म नर्सरी फार्मका स्टलहरू राखिने मेलामा विभिन्न प्रकारका फूल विरूवाहरू, औजार, मलखाद आदिको प्रदर्शनी तथा बिक्रीका साथै आधुनिक खेती प्रविधि र बजारसम्बन्धी सूचना आदान-प्रदान तथा परामर्श गरिने छ ।
इलाममा पुष्प व्यवसायको प्रवर्द्धन, पर्यटन विकास तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको र सर्वसाधारणलाई मेलामा सहभागी भई अवलोकन गर्न आयोजकले आह्वान गरेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)









































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google