१५ महिनापछि माधव नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको छ : मेटमणि चौधरी

दर्पण दैनिक ३० फाल्गुन २०८०,११:२९
post

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिए । 


'१५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अनिमात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ,' उनले भने । 


बुधबार बसेको संसदीय दलको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । उनले सहमति कार्यान्वयन हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: