
काठमाडौँ । लोकप्रिय गायिका गौरी भट्ट र गायक तथा सर्जक दीपक जोशीको नयाँ देउडा गीत ‘का छै मैना चैडी - ३’ को सांगीतिक भिडियो सार्वजनिक भएको छ । अघिल्ला शृंखलाहरूको सफलतापछि निर्माण टोलीले २०८३ को नयाँ सौगातका रूपमा ‘का छै मैना चैडी’ को तेस्रो भाग बजारमा ल्याएको हो ।
सार्वजनिक गीतमा गौरी भट्ट र दीपक जोशीको सुमधुर स्वर रहेको छ । सुदूरपश्चिमाञ्चलको देउडा भाकामा आधारित यस गीतको लय तथा शब्द सिर्जना स्वयम् दीपक जोशीले गरेका हुन् ।
गीतको संगीत संयोजन (एरेन्ज) भुवन बडूले गरेका छन्, भने ‘बिग एचडी परिवेश स्टुडियो’मा रेकर्डिङ गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ रिजेन बडूले गरेका हुन् ।
काठमाडौँको पुतलीसडकस्थित तिलक फिल्मस्ले पोस्ट प्रोडक्सनको काम सम्हालेको यस भिडियोको निर्देशन र निर्माण स्वयम् दीपक जोशीले गरेका हुन् । भिडियोमा कार्यकारी निर्माताका रूपमा शिव भण्डारी तथा प्रोडक्सन डिजाइनरका रूपमा नारायण अधिकारी रहेका छन् ।
भिडियोमा मुख्य कलाकारका रूपमा दीपक जोशी र अञ्जु धामीको अभिनय तथा नृत्य देख्न सकिन्छ । अमीत बी.के. र टोलीले खिचेको भिडियो तथा ड्रोन दृश्यहरूलाई राजेश बोहरा र अमीत बी.के.ले सम्पादन तथा रङ संयोजन (कलर ग्रेडिङ) गरेका छन् । कलाकारहरूको श्रृंगार (मेकअप) जीवन पासाले गरेका हुन् ।
दृश्य निर्माणमा स्थानीय संस्कृति र मौलिक पहिरनलाई प्राथमिकता दिइएको छ ।
भिडियोलाई थप आकर्षक र जीवन्त बनाउन ठूलो संख्यामा स्थानीय कलाकारहरूले अभिनय तथा नृत्यमा साथ दिएका छन् । भिडियोमा उमेश सिंह ठगुन्ना, गोविन्द ढकाल, जानकी ठगुन्ना, जानकी धामी, भागरती ठगुन्ना, पानमती महरा, कुट्मा ठगुन्ना, नारा ठगुन्ना, चन्द्रा ठगुन्ना, बाटुली ठगुन्ना, लक्ष्मी ठगुन्ना, सिर्जना जागरी, जैमती धामी, सुकारी धामी, आयुशा ठगुन्ना, रमिता महरा, बसन्ती विष्ट, सरस्वती धामी, शर्मिला कटुवाल, गोबा ठगुन्ना, सनद ठगुन्ना, दिपेश महरा र भरत ठगुन्ना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
गीतको निर्माण पक्षले यस भिडियो निर्माणमा विशेष सहयोग पुर्याएको भन्दै ‘अपि हिमाल सांस्कृतिक छलिया समाज, दार्चुला’ लाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
भिडियाे लिंक - https://youtu.be/eJ9_cazZHow?si=TEBfA6neMFdgpa0M









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























.jpeg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google