खेम्बु साङ्गे शेर्पाको अगुवाइमा महादेव आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

दर्पण दैनिक ३० फाल्गुन २०७९,१९:२५
post

सोलुखुम्बु । खेम्बु साङ्गे शेर्पाको अगुवाइमा लिखुपिके गाउँपालिका वाडा नम्बर पाँच छिरिङखर्कमा अवस्थित श्री महादेव आधारभूत विद्यालयलाई स्टेसनरी (शैक्षिक) सामाग्री प्रदान गरिएको छ । सो विद्यालयलाई कापी, सिसाकलम, इरेजर, कटर, फोटोकपी पेपर लगायतका स्टेसनरीका सामाग्री प्रदान गरिएको हो । 

स्टेसनरीका सामाग्री प्रदान गर्दै शेर्पाले महादेव आधारभूत विद्यालयलाई आगामी तीन वर्षसम्म स्टेसनरीका सामाग्रीहरु निरन्तर सहयोग गर्ने बताए । त्यस्तै, विद्यालयलयकी प्रअ सोममाया तामाङले स्टेसनरीका सामाग्रीहरुका प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताइन् ।

 कापी, सिसाकलम, इरेजर तथा कटरलगायतका शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु खुसी भएका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: