इन्टरनेट ‘स्पिड स्लो’ भए वर्ल्डलिंकले पैसा फिर्ता दिने, कसरी दाबी गर्ने ?

दर्पण दैनिक ८ असार २०८०,११:१७
post

काठमाडौं । वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको ‘स्पिड स्लो’  भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिंकले सर्तअनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंकको इन्टरनेट ‘स्पिड स्लो’ हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो ।

अरु सबै कम्पनीहरु मूल्यको प्रतिस्पर्धामा रहेका बेला आफूहरुले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।   


स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले पाउछन् पैसा फिर्ता ग्यारेन्टी

वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत  ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने  प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने जानकारी गराएको छ ।

यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र यो सुविधा पाउने वर्ल्डलिंकले जनाएको छ ।


कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुनेबित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन । स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोनमार्फत, शाखा कार्यालय, वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।

वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पिड चेक गर्न पठाउनेछ, इन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पिडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन् ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो  बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ । उदाहरणको लागि ९० दिनको  प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।


कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्र्तगत आफ्नो गुनासो दाबी गर्न सक्छन् । यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ ।

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वर्ल्डलिंकले देशभरका मुख्य सहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन् । जसमा देशभरका सबै मुख्य सहरहरु पर्दछन् । वर्ल्डलिंकले आउने दिनहरुमा यो सुविधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: