'पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरे भोग्न तयार छु'

दर्पण दैनिक २५ भाद्र २०८१,१२:४४
post

काठमाडाैँ । नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका छन् । मंगलबार प्रेस चौतारी नेपाल, अछामले गरेको पत्रकार सम्मेलनमा पूर्वउपाध्यक्ष रावलले पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरे भोग्न तयार रहेको बताएका हुन् । 

'पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरे भोग्न तयार छु,' उनले भने, 'कारबाही गरेपछि मैले आफ्नो कदम चालौँला ।'

उनले आफू देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा दृढतापूर्वक उभिएको केही मानिसलाई बिझाइरहेको पनि बताए । नेता रावलले पार्टी विचार शून्य अवस्थामा पुगेको बताए । रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको पनि बताए । 

नेता रावलले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताए । 'नेकपा एसमा प्रवेश गर्ने हल्लामा सत्यता छैन,' उनले भने, 'म सधैँ कार्यकर्ताको जनचाहना र सुझाव अनुसार अघि बढ्छु ।'
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: