
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत युवा नेता कृष्णबहादुर तामाङले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरसमितिको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउने उद्देश्यका साथ चुनावी मैदानमा होमिनुभएका तामाङले तल्लो तहदेखि नै पार्टीलाई व्यवस्थित र मजबुत बनाउँदै कार्यकर्ताबीचको एकता, सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्ने बताए ।
उम्मेदवारी घोषणा गर्दै उनले भने, 'नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउने उद्देश्यसहित म निरन्तर पार्टी काममा सक्रिय रहँदै आएको छु। यही यात्रालाई निरन्तरता दिँदै संगठनलाई थप उचाइमा पुर्याउने उद्देश्यले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।'
नगर सभापतिको जिम्मेवारी पाएमा संगठन विस्तार, कार्यकर्ताबीचको सम्बन्ध सुदृढीकरण तथा पार्टीको आन्तरिक एकतालाई प्राथमिकताका साथ अघि बढाउने उनको प्रतिबद्धता छ ।
उम्मेदवारी सार्वजनिक गर्दै तामाङले नगरभित्रका सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण, पार्टीका साथीहरू, शुभेच्छुक तथा शुभचिन्तकहरूसँग साथ, सहयोग, सुझाव र विश्वासका लागि अपिलसमेत गरेका छन् ।



























































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google