जहाँ नारीको सम्मान हुदैन, त्यहाँ देवताको पनि बास हुँदैन

सुमित्रा घिमिरे २६ फाल्गुन २०८०,१९:४४
post

सुमित्रा घिमिरे 

नारीलाई पुरुष र पुरुषलाई महिलाको साथ समाजमा अत्यावश्यक र अपरिहार्य छ । नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । यहाँ केही महिला पुरुषबाट र केही पुरुष महिला बाट हिंसामा परिरहेका  घटनाहरु हाम्रो समाजमा घटिरहेका देखिन्छन् । तर  म एक नारी हुनुको नाताले भन्दैछु कि महिलामाथि हुने कुनै पनि प्रकारका  हिंसा र यातना सहेर नबसौँ। महिलाका नाममा हुने जुनसुकै  हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, कार्यकक्षमा हुने हिंसा आदि  सहेर नबसौँ । यस्ता प्रकारका हिंसा कसैले गर्न खोज्छ भने सम्पुर्ण दिदिबहिनीहरु खुलेर प्रतिकार गरौं । नजिकको प्रहरी कार्यलयमा उजुरी गरौं, खबरदारी गरौँ । 

अहिले समाजका प्रतिष्ठित व्यक्तिहरुबाट नै नारीहरु सुरक्षित छैनन् । उनीहरुले  कहिले नारीको कमजोर आर्थिक स्थितिको फाइदा उठाएर या जागिर लगाउने बहानामा, फिल्ममा हिरोईन बनाइदिने वहानामा त कहिले राम्रो मीठो खान लगाउन दिने वहानामा त कहिले वैदेशिक रोजगारको चक्करमा बिदेश पठाइदिने वहानामा महिलालाई नजिक बनाउने र उनीहरुलाई  शोषण र यातना दिइएको अध्ययनले पुष्टि गर्दछ। जब सम्म महिलाहरु  हत्या ,हिंसा, चरम यातना,  बलात्कारको सिकार भइरहन्छन ,उनीहरुले खुलेर बाच्न,बोल्न र हिंड्न सक्दैनन् ।

कहिले तरकारी मिठो नपकाएको निहुँ त कहिले दाइजो नल्याएको निहुँबाट महिलाहरुले आफ्नै श्रीमान, सासु ,ससुराबाट चरम यातनाको सिकार हुनु परिरहेको छ। तसर्थ आजका नारीहरु शैक्षिक , आर्थिक र सामाजिक रुपमा सबल र सक्षम नारी बन्नु अत्यन्त आवश्यक छ ।

नारी तिमी बरु एक्लै लड, बाँच र खुशी हौ तर गिद्धे नजर लगाउने नरपिचाश पुरुषसँग बचेर हिँड । पाइला पाइलामा होस पुर्याएर हिँड । तिमी जुनसुकै बेला असुरक्षित हुन सक्छौ । जुनसुकै बेला हिंसाको सिकार बन्न सक्छौ  । जुनसुकै बेला विभिन्न प्रकारमा झुटा आश्वासनमा पर्न सक्छौ ।


नारी तिमी सबल, सक्षम र दृढ आत्मविश्वासी बनेर हिँड।आफुले इज्जत गर्नेलाई इज्जत देउ, मान मर्यादा देउ , नारी ! तिमी रुप  एक तर  नाताले अनेकौ छौ । तिमी कसैको छोरी हौ, भाउजू हौ, नन्द हौ, आमाजु हौ, आमा हौ, सासू हौ , आन्टी हौ, हजुरआमा हौ । त्यसैले नारी तिमी स्वाभिमानी छौ । तिम्रो हृदय आकाश भन्दा फराकिलो र सागर भन्दा गहिरो छौ । तिमी कोमल हृदयको खानी हौ । आफू नखाई नखाइ छोराछोरीको खुशीको लागि तिमी आफ्नो भागको एक गाँस कटाई खुवाउने महान आमा हौ । तिमी पृथ्वी जस्तो सहनशील, सुशील र कर्तव्यपराण छौ । तिमी असल स+स्कार र असल बाटोमा हिड्ने कोशिस गर । तिम्रो पछि श’भचिन्तकहरु थुप्रै हुनेछन । तिमी असल चरित्रको नारी भएर हिंड । तिमीलाई हातमा हात र काधमा काध मिलाउने थुप्रै श’भचिन्तक  हुनेछ्न । तिमी कसैको गालिगलौज र कसैको डर, धम्की र प्रलोभनमा नबाँच । 

तिमीमा सामाजिक  चेतना छ, आत्मविश्वासी छौ, आफ“मा अब्बल छौ । तिमी बुद्धिमति छौ तसर्थ तिमीमा अथाह ज्ञान छ, बुद्धि विवेक छ, चेतनाको स्तर उच्च छ, तिमी व्यवहारीक, अनुशाशित छौ ।   तिमीले अब यो पितृसत्तात्मक सोचलाई चिर्नु आवश्यक छ । तिमीले रुढीबादी सोचलाई परास्त गर्नु आवश्यक छ । तिमी विचार र सिद्धान्तले आधुनिक सोचको नारी हुनु आवश्यक छ ।  तिमीले आत्मग्लानी महसुस गरेर  हैन ,दृढ अठोट लिएर जीवनका अन्तिम लक्षमा पुग्नै पर्छ ।

तिमीले जीवनमा आउने हरेक परिस्थितिको सामना गर्दै चुनौती  र अवसरलाई सदुपयोग गरेर हिँड्नु जरुरी छ । तिमी आदरणीय हैन, उदारणीय बन्नु छ ।आफुले आफैँलाइ आत्मसम्मान गरेर  आफू, आफ्नो परिवार ,समाज र राष्टमा ज्योति छर्दै योगदान  गर्नेछौ । समाजमा व्याप्त रहेका कुसंस्कार, कुरीतिहरु, सामाजिक रुढीबादीलाई चिर्दै सामाजिक सचेतता फैलाउन तिम्रो अमुल्य योगदान रहनेछ । समाजमा सकारात्मक सन्देश प्रवाह गरेर यो धर्तीको महान नारी बनेर सक्षम, सफल र सुखी नारी बनेर देखाउनु छ । नारी तिमी दया, माया, ममताकी खानी हौ ।

नारी तिमीले आफ्नो पहिचान आफै बनाउनु आवश्यक  छ ।उपकारी, परोपकारी बनेर तिमीले हरेक समस्याको सामाधान गर्दै आफुलाई सुसंस्कृत नारी बनाउनु आवश्यक  छ । राज्यले पनि महिलालाई कुनै प्रकारका भेदभाव, विभेद  नगरी पुरुष सरह समान सहभागिता गराउन सकेमा र  सामाजिक न्याय  सुनिस्चितता कायम गर्न र बिभेद नगरी समाजका  हरेक क्षेत्रमा समान सहभागीता गराइ पुरुष र महिला  सगै हातेमालो गरेर हिंड्न सकेको अबस्थामा महिलाहरूले अवसर र अधिकार पाउनेछन । 

११४ औं अन्तर्राष्ट्रिय श्रमिक  नारी दिवस, महाशिवरात्री तथा सेना दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका आमाबुबा, दिदिबहिनी र दाजुभाइहरुमा हार्दिक सुभकामना व्यक्त गर्दछु । यस नारी दिवसले  समाजमा रहेका बोक्सी, छाउपडि, बालविवाह, दाईजो तिलक जस्ता प्रथाले महिला, किशोरी तथा बालिका माथी हुने शारीरिक, मानसिक तथा आर्थिक हिङसाका घटना निर्मुल गर्न सहयोगि बन्न सकोस् भन्ने सुभेच्छा व्यक्त गर्दछु ।

(घिमिरे नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य हुन् ।)
 

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: