
काठमाडौँ । लोकप्रिय मोडल झरना रिसाल 'चौथो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड-२०८३' बाट सम्मानित भएकी छन् । ब्राण्डरूट ईन्टरटेनमेन्ट प्रालिले काठमाडौँमा आयोजना गरेको विशेष समारोहका बीच उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली गीत-संगीत, कला तथा म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै नेपाली मौलिक संस्कृति र संगीतको संरक्षण एवं संवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै रिसाललाई सम्मान-पत्रद्वारा सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।
वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङ्गको प्रमुख आतिथ्यता तथा गीतकार एवं संगीतकार सुनिल बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कलाकर्मी र सांगीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मान ग्रहण गरेपछि मोडल रिसालले प्राप्त सम्मानले आफूलाई कला क्षेत्रमा थप निरन्तरता दिन र उत्कृष्ट काम गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























.jpeg)







1706890614806.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google