रोनाल्डो र जर्जिना अन्ततः विवाह बन्धनमा

दर्पण दैनिक २७ श्रावण २०८३,०७:००
post

विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिको प्रेमिका जर्जिना रोड्रिगेज अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । वर्षौंदेखि समर्थक र मिडियामाझ अनुमानको विषय बनेको उनीहरूको सम्बन्धले पोर्चुगलमा आयोजित एक अदालती (कोर्ट) म्यारिजमार्फत औपचारिक रूप लिएको हो ।

विवाहपछि यो जोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना औंठीहरू देखाउँदै खुसीयाली साटेका छन् ।

रोनाल्डो र जर्जिनाको भेट सन् २०१६ मा स्पेनको मड्रिडमा भएको थियो । त्यसयता निरन्तर सँगै रहँदै आएको यो जोडीले सन् २०१७ को सुरुवातमा जुरिखमा आयोजित 'फिफा फुटबल अवार्ड' मा पहिलोपटक सँगै देखिएर आफ्नो सम्बन्ध सार्वजनिक गरेको थियो ।

हाल उनीहरू चार जना बालबच्चासँगै सुखी पारिवारिक जीवन बिताइरहेका छन् ।

यो विवाह रोनाल्डोको खेल जीवनको एक महत्त्वपूर्ण मोडलगत्तै भएको हो। हालै सम्पन्न २०२६ को फिफा विश्वकपमा रोनाल्डोले पोर्चुगलको प्रतिनिधित्व गरेका थिए। तर, जुलाईमा भएको राउन्ड अफ १६ को प्रतिस्पर्धामा स्पेनसँग १-० ले पराजित भएसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरियो।

स्पेनसँगको हारपछि उनी मैदानबाट उदास अनुहार र आँखामा आँसु लिएर बाहिरिएका थिए, जसले विश्वभरका फुटबल प्रेमीहरूलाई भावुक बनाएको थियो।

मैदानभित्रको नतिजा जस्तै रहे पनि रोनाल्डोले व्यक्तिगत कीर्तिमानमा भने नयाँ इतिहास रचेका छन्। गत वर्ष सेप्टेम्बर ५ मा क्रोएसियाविरुद्धको खेलमा उनले आफ्नो करियरको ९०० औं गोल पुरा गरेका थिए। व्यावसायिक फुटबलको इतिहासमा ९०० गोलको आँकडा छुने उनी विश्वकै पहिलो खेलाडी हुन्।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

च्याम्पियन बन्याे नेपाल

२५ जेष्ठ २०८३,१७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: