
काठमाडौँ । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई पराजित गर्दै अपराजित रहँदै उपाधि जितेको छ । सिंगापुरको सिंगा ओभलमा सोमबार सम्पन्न फाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ–लुइस (DLS) विधिका आधारमा नेपाल १९ रनले विजयी भएको हो। हङकङले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा ८ चौका र ३ छक्कासहित ६५ रनको इनिङ खेले । अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भए । दोस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले ४६ बलमा ६३ रनको साझेदारी गरेका थिए । रोहित पौडेल २४ बलमा ३५ रन बनाएर आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । हङकङका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्कासहित ८० रनको आक्रामक इनिङ खेले। चौथो विकेटका लागि उनले वासिफसँग ३९ बलमा ८४ रनको साझेदारी गरे। वासिफले २८ बलमा ५५ रनको योगदान दिए ।
नेपालका लागि बलिङतर्फ शेर मल्लले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट र सन्दीप लामिछानेले १ विकेट लिए । यस जितसँगै नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि आफ्नो नाममा गरेको हो ।
























































































































.jpg)


















































































































































.jpeg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google