
काभ्रे । आज मिति २०८३ साल वैशाख १३ गतेका दिन तेमाल गाउँपालिका वडा नं. २ स्थित लप्से भूमेस्थान कृषक समूहको आयोजना र तेमाल गाउँपालिकाको आर्थिक सहयोगमा ‘नयाँ मकैबाली पकेट विकास निरन्तरता कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका दौरान कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बीउ तथा आधुनिक कृषि यान्त्रिकरणका सामग्रीहरू वितरण गरिएको हो ।
लप्से भूमेस्थान कृषक समूहका अध्यक्ष भीमलाल लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. २ का वडा सदस्य बुद्धिमान तामाङ, गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख शारदा केसी ओली र पशुपन्छी शाखाका सरोज महतो लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरूले कृषिमा आधुनिकीकरण र पकेट क्षेत्रको विकासले नै गाउँको आर्थिक समृद्धि सम्भव हुने धारणा राखेका थिए ।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न सहयोग पुर्याउने कृषक समूहका सदस्यहरू, कार्य समितिका पदाधिकारीहरू तथा उपस्थित सम्पूर्णमा अध्यक्ष भीमलाल लामाले हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गरे ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google